काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१० बैशाख २०८३
अ+
अ-

काठमाडौँ। प्युठानमा जिप दुर्घटना भएको छ। दुर्घटनामा एकजनाको मृत्यु भएको छ। अन्य २० जना घाइते भएका छन्।

भारतीय तीर्थयात्री चढेको जिप स्वर्गद्वारी जाने क्रममा प्युठान नगरपालिका ४, टाकुरा सडकखण्डमा बिहीबार दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डीएसपी नरहरि अधिकारीका अनुसार लु.१ज ३१७५ नम्बरको जिप दुर्घटना भएको हो।

घाइतेलाई उपचारका लागि बुटवल पठाइएको छ।