काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

११ बैशाख २०८३
फाइल फोटो
अ+
अ-

म्याग्दी। महेश–धापुङ–ताराखोला सडक निर्माण सम्पन्न भएको छ। जिल्ला पूर्वाधार विकास कार्यालयको अगुवाइमा यो सडक निर्माण भएको होा।

यो बाटो १६ वर्ष अगाडि खुलेको हो तर स्तरोन्नति एवं मर्मतसम्भार नहुँदा जीर्ण थियो । मंगला गाउँपालिका–३ पखेरदेखि आलडाँडासम्म तीन किलोमिटर ५०० मिटर ढलान र ग्राभेल भएको छ।

यो सडक स्तरोन्नति गर्न पाँच करोड ८६ लाख खर्च भएको उक्त कार्यालयका प्रमुख महेन्द्र बानियाँले बताए।

सात मिटर चौडा यो सडकमा वर्षायामको पानी निकासका लागि नाली र भूक्षयबाट सडक जोगाउन टेवा पर्खाल निर्माण गरिएको छ ।