काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

११ बैशाख २०८३
हर्क साम्पाङ।
अ+
अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णयबारे सार्वजनिक रूपमा प्रश्न गरेका छन्।

सरकारले काठमाडौं उपत्यकाभित्र रहेका सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरिरहेको सन्दर्भमा साम्पाङले उक्त निर्णय रास्वपाकै हो कि होइन भनेर जिज्ञासा राखेका हुन्। उनले निर्वाचनताका सुकुम्बासीलाई धनीपूर्जा उपलब्ध गराउने वाचा गर्दै “चुपचाप घण्टीमा छाप” भन्दै भोट मागिएको विषय पनि स्मरण गराए।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “रवि जी, तपाईंको रास्वपाको निर्णय हो त सुकुम्बासी बस्ती भत्काउने? हिजो मात्रै सुकुम्बासीलाई धनीपूर्जा दिने वाचा गरेर भोट मागेको होइन र? जे होस्, बचनको पक्का देखियो रास्वपा।”

यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै शनिबार वा आइतबारदेखि सुकुम्बासी बस्ती हटाउने तयारी गर्न निर्देशन दिएका छन्।