काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

११ बैशाख २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ ।  तत्कालीन किष्ट बैंक घोटाला प्रकरणमा फरार टेलर हेड रोहितलाल श्रेष्ठ काठमाडाैंबाट पक्राउ परेका छन् ।

बैंकिङ कसुर मुद्दामा फरार रहेका श्रेष्ठलाई  काठमाडाैंकाे महाराजगन्जबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त बैंकको नक्कली कागजात, छाप, बैंक कर्मचारी र सुरक्षा गार्डसमेत तयार गरी बैंकलाई झुक्काई हानी नोक्सानी गरेको मुद्दामा सर्वोच्च अदालतबाट १५ असोज २०८० मा दुई वर्ष कैद सजाय तोकिएका उनलाई आज महाराजगन्जबाट पक्राउ गरिएको हो ।

अदालतले उनलाई रु १३ लाख ३३ हजार ३३३ जरिवानासमेत गरेको थियो । सो बैंकको ठमेल शाखामा जुनियर असिष्टेन्ट पदमा कार्यरत उनले टेलर हेडको जिम्मेवारीमा रहदा उक्त घोटाला गरेको अनुसन्धानबाट खुलेको छ ।

श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।