काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष, पूर्वमन्त्री विक्रम पाण्डेलाई शुक्रबार पक्राउ गरेको छ। प्रहरीका अनुसार पाण्डे आफू अनुकूलको ठेक्का पार्न ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ परेका हुन्।
विक्रम पाण्डे ०७९ सालको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनीमाथि पहिल्यै पनि ०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा पाण्डेले ४ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।
यसअघि २०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। सो मुद्दामा उनी ४ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।