काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

सामाजिक सञ्जालमा भाइरल भिडियो प्रकरणबारे सांसद विश्वराज भन्छन्- मेरो बोली र व्यवहार अझै उच्च स्तरको हुनुपर्थ्यो

१२ बैशाख २०८३
रास्वपाका सांसद विश्वराज पोखरेल।
अ+
अ-

काठमाडौँ । ओखलढुंगाबाट निर्वाचित सांसद विश्वराज पोखरेलले सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा आफूले बोलेको संवादका विषयमा माफी मागेका छन्।

सञ्जालमा भाइरल भएको भिडियो र त्यसपछि उत्पन्न विवादका सम्बन्धमा उनले सार्वजनिक रूपमा क्षमायाचना गरेका हुन्।

संसद्‌ बैठक स्थगित भएको समयमा आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट र स्थानीय समस्या बुझ्ने क्रममा ९ वैशाखमा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका २, रगनीस्थित चण्डेश्वरी माविका प्रधानाध्यापकसँगको संवादको विषयमा उनले स्पष्टीकरण दिएका हुन्।

उनले भिडियोमा देखिएको आफ्नो व्यवहारप्रति आत्मसमीक्षा गर्दै सार्वजनिक जीवनमा रहँदा आफ्नो बोली र संयम अझै उच्च स्तरको हुनुपर्ने कुरा स्वीकारेका छन्। उनले लेखेका छन्‚ “यदि कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए पनि मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपर्थ्यो। त्यस क्रममा मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए म हृदयदेखि क्षमायाचना गर्दछु।”

आफू पहिले पनि जनताको सेवक भएको र भविष्यमा पनि जनताकै सेवक भएर काम गर्ने उल्लेख गर्दै पोखरेलले सार्वजनिक पदसँगै आउने जिम्मेवारी र उत्तरदायित्वलाई गम्भीरतापूर्वक आत्मसात् गर्ने प्रतिबद्धता जनाएका छन्।

Screenshot