काठमाडौं। यूएईविरुद्ध दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा उनले यूएईविरुद्ध ५९ बलमा अर्धशतक बनाएका हुन्। उनले ४ चौका १ छक्का प्रहार गरे।
एकदिवसीयमा उनको यो छैटौं अर्धशतक हो।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ताजा स्थितीमा ३४.१ ओभरमा ६ विकेटको क्षतिमा १३९ रन जोडेको छ।