काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१२ बैशाख २०८३
अ+
अ-

काठमाडौं  । थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर चलाइएको छ। बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा बनेका अनधिकृत सुकुमबासी बस्ती हटाउन यो अभियान सञ्चालन गरिएको हो।

बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिपछि बस्तीका बासिन्दाले आफ्नो सामान सार्न थालेका थिए। बस्तीका मानिसलाई सुरक्षित रूपमा बाहिर निकाल्न प्रहरीले सहयोग गरिरहेको छ।

उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। हाल त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नगर प्रहरीको बाक्लो उपस्थिति रहेको छ। स्थिति अहिले शान्तिपूर्ण रहेको जनाइएको छ।

घटनास्थलमा खटिएका नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुमवासीहरूको सरसामान आफैँ बोकेर सुरक्षित स्थानमा सार्न सहयोग गरिरहेका छन्, जसले बस्ती खाली गराउने कार्यलाई सहजीकरण गरेको छ।