काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१२ बैशाख २०८३
फाइल तस्बिर।
अ+
अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही वैशाख १७ गतेका लागि प्रदेशसभाको आठौँ अधिवेशन (बजेट अधिवेशन) आह्वान गरेका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा उनले आज वैशाख १७ गते अपराह्न ४ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् ।

अधिवेशन आह्वानसम्बन्धी सिफारिस पत्र बुझाउन प्रदेश प्रमुखको धनगढीस्थित निवास पुगेका मुख्यमन्त्री र प्रदेश प्रमुखबीच समसामयिक विषयमा छलफलसमेत भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।