काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य २ लाख ९६ हजार ५०० रुपैयाँ रहेको थियो।
त्यस्तै,चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला चार हजार ९९५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।