काठमाडौं। भक्तपुरको मनोहरा किरानका सुकुमबासी बस्ती भत्काउन सुरू गरिएको छ।
हिजो साँझ ढुंगामुढापछि भत्काउन रोकिएको टहरा अहिले भत्काउन थालिएको हो। हिजो २२ सुरक्षाकर्मी घाइतेसमेत भएका थिए।
सम्भावित प्रतिवाद रोक्न उपत्यकाका ३ वटै जिल्लाका प्रहरीलाई यस क्षेत्रमा परिचालन गरिएको छ। १३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरू गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।