काठमाडौँ। आइसिसी महिला टि– ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ। रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा अमेरिकाले नेपालविरुद्ध बलिङ गरिरहेको छ।
चार खेल खेलेको नेपाल दुई जितसहित अंक तालिकाको तेस्रो स्थानमा छ। समान खेलबाट ६ अंक जोडेको अमेरिका भने शीर्ष स्थानमा छ। नेपालले प्रतियोगिताको आफनो पहिलो खेलमा अमेरिकासँग ४३ रनको हार व्यहोरेको थियो।
त्यसपछि इटली र रुवाण्डालाई पराजित गरेको नेपाल चौथो खेलमा भानुआतुसँग पराजित भएको थियो। डबल राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।