काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

एकजना सख्त घाइते

१३ बैशाख २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका ११‚ गडर खोलास्थित पूर्व-पश्चिम राजमार्गमा भएको गाडी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना सख्त घाइते भएका छन्।

डन्डाबाट अरुणखोलातर्फ आउँदै गरेको लु.१अ यो १६ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको म.प्र ०३-०४३ प ६६७४ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिएको जिल्ला प्रहरी कर्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए।

दुर्घटनामा मोटरसाइकल चालक र पछाडि चढेका बझाङको बित्थडचिर गाउँपालिका ३ का २३ वर्षीय भुवन बोहोरा र २५ वर्षीय प्रवेश बोहोरा सख्त घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएकामा भुवनको उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

घाइते बोहोरालाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ। उनको अवस्था सिकिस्त रहेको प्रहरीले जनाएको छ।