काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुक र कांग्रेसको पछिल्लो अवस्थाबारे बुद्धिजीवीहरूसँग छलफल गरेका छन्।

नेता कोइरालाले आज (आइतबार) आफ्नो सम्पर्क कार्यालय विशालनगरमा पार्टीको पछिल्लो अवस्था र मुलुकबारे छलफल गरेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए। छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, विनिता कार्की, जगदीश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, उद्धव प्याकुरेल, युवा अभिजित अधिकारी, करिना पुरीलगायतको सहभागिता थियो।

छलफलमा कांग्रेस नेताहरु शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, मीनेन्द्र रिजाल, गोविन्दराज पोखरेललगायत सहभागी थिए।