काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ बैशाख २०८३
फाइल फोटो
अ+
अ-

वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव र युद्ध अन्त्यका प्रयासबारे पछिल्लो समय ‘अनपेक्षित घटनाक्रम विकास’ भइरहेको बताएका छन्।

इरानभित्रै उत्पन्न आन्तरिक कलह र नेतृत्वको संकटका कारण परिस्थिति अमेरिकाको नियन्त्रणमा रहेको उनको जिकिर छ।

इरानसँगको युद्ध अन्त्यको प्रश्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अहिलेसम्म यसबारे नसोचेको परिणाम पाएको भन्दै निराशा व्यक्त गरे। ट्रम्पले इरानमा सत्ता लिने कुनै पनि व्यक्तिसँग सम्झौता गर्न तयार रहेको बताउँदै भने, “अहिले इरानभित्र ठूलो कलह चलिरहेको छ। इरानी जनता नेतृत्वका लागि आपसमा लडिरहेका छन्।”

ट्रम्पले सबै कार्ड अमेरिकाको हातमा रहेको जिकिर पनि गरे। उनले पत्रकारहरूसँग भने, “इरानले जति बेला चाहन्छ त्यतिबेला आफूलाई फोन गर्न सक्छ। सबै कार्ड अमेरिकाको हातमा छ र सबै कुरा जितेको छ।”

इरानसँगको वार्ताका सम्बन्धमा ट्रम्पले एक रोचक खुलासा पनि गरे। उनका अनुसार इरानले पहिले पठाएको प्रस्ताव चित्तबुझ्दो नभएपछि अमेरिकी प्रतिनिधिमण्डल पठाउने निर्णय रद्द गरिएको थियो।

“इरानले पहिले दिएको प्रस्ताव राम्रो थिएन। मैले प्रतिनिधिमण्डल पठाउने कुरा रद्द गरेको १० मिनेटभित्रै हामीले नयाँ प्रस्ताव पायौँ। जुन पहिलेको भन्दा धेरै राम्रो छ,” ट्रम्पले भने।

यसैबीच ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसन’को रात्रिभोजमा आक्रमणको प्रयास गर्ने एक बन्दुकधारी पक्राउ परेका छन्। उक्त घटनाबारे टिप्पणी गर्दै ट्रम्पले यो घटना इरानसँग सम्बन्धित नभएको विश्वास व्यक्त गरे। उनले यस्ता घटनाले अमेरिकालाई आफ्नो लक्ष्य र ‘युद्ध जित्न’ बाट रोक्न नसक्ने दृढतासमेत दोहोर्‍याए।