काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ बैशाख २०८३
अ+
अ-

वासिङ्टन । इरानसँगको युद्ध अन्त्यको प्रश्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अहिलेसम्म यसबारे नसोचेको परिणाम पाएको भन्दै निराशा व्यक्त गरेका छन् ।

ट्रम्पले इरानमा सत्ता लिने कुनै पनि व्यक्तिसँग सम्झौता गर्न तयार रहेको बताउँदै भने, ‘अहिले इरानभित्र ठूलो कलह चलिरहेको छ । इरानी जनता नेतृत्वका लागि आपसमा लडिरहेका छन् । सायद उनीहरू नेता बन्न नपाउनका लागि लडिरहेका छन्, किनकि अमेरिकाले उनीहरूका दुई तहका नेतालाई हटाएको छ ।’

राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग भने, ‘इरानले जति बेला चाहन्छ त्यतिवेला आफूलाई फोन गर्न सक्छ । सबै कार्ड अमेरिकाको हातमा छ र उसले सबै कुरा जितेको छ । इरानले पहिले दिएको प्रस्ताव राम्रो थिएन ।’

‘उनीहरूले हामीलाई प्रस्ताव दिए जुन अझ राम्रो हुनुपथ्र्यो र मैले प्रतिनिधिमण्डल पठाउने कुरालाई रद्द गरेँ, तुरुन्तै (१० मिनेट भित्र), हामीले नयाँ प्रस्ताव पायौँ जुन धेरै राम्रो छ,’ उनले पत्रकारहरूसँग भने ।