काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१४ बैशाख २०८३
अ+
अ-

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँ कायम भएको छ।

आइतबार सुन प्रतितोला दुई लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढ्दै प्रतितोला पाँच हजार ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

आइतबार चाँदी प्रतितोला चार हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।