काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१४ बैशाख २०८३
नारायणदत्त पौडेल।
अ+
अ-

काठमाडौँ। सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बलको नयाँ महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सशस्त्रको आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो। उनले वर्तमान महानिरीक्षक राजु अर्याललाई १८ वैशाखमा चारवर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा जाँदै छन्।

पौडेल जेठ २०७९ मा एआईजी बनेका थिए। मौजुदा सेवा नियमावलीअनुसार उनको कार्यकाल करिब २३ महिना रहनेछ। यद्यपि नियमावली संशोधन भए उनको पदावधि थपिन सक्ने सम्भावना पनि छ।

यस्तै सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने र सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ।

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्‌ले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।