काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१५ बैशाख २०८३
अ+
अ-

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेर २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँको ऐतिहासिक विन्दुमा पुगेर कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ४५ रुपैयाँ रहेको थियो।