काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेशस्तरका इञ्चार्ज र संयोजकहरूको जिम्मेवारी टुंगो लगाएको छ। पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले ७ भूगोल प्रदेश तथा २ गैरभौगोलिक प्रदेशका लागि नेतृत्व चयन गरेको हो।
निर्णयअनुसार, कोशी प्रदेश इञ्चार्जमा राजेन्द्र राई, मधेश प्रदेशमा महिन्द्र राय यादव, बागमतीमा डा. गंगालाल तुलाधर, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरपश्चिममा डा. भीम रावल नियुक्त भएका छन्।
त्यसैगरी, उपत्यका विशेष प्रदेश इञ्चार्जको जिम्मेवारी हितमान शाक्यलाई दिइएको छ भने सम्पर्क समन्वय प्रदेश इञ्चार्जमा यशोदा सुवेदी गुरुङ चयन भएकी छन्।
संयोजकतर्फ, कोशी प्रदेशमा हर्क नेम्वाङ, मधेशमा राजु खड्का, बागमतीमा सरल सहयात्री पौडेल र गण्डकीमा गायत्री गुरुङलाई जिम्मेवारी दिइएको छ।
यस्तै, लुम्बिनी प्रदेश संयोजकमा अब्दुल हुसेन खान, कर्णालीमा बिमला केसी र सुदूरपश्चिममा हरिराम चौधरी चयन भएका छन्।
गैरभौगोलिकतर्फ, उपत्यका विशेष प्रदेश संयोजकमा विष्णु लामिछाने र सम्पर्क समन्वय प्रदेश संयोजकमा तारानाथ दाहाल तोकिएका छन्।