काठमाडौँ । इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स वेंगलोरुले दिल्ली क्यापिटल्समाथि फराकिलो जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। उसले प्रतियोगितामा छैटौं जित निकालेको हो। सोमबार सम्पन्न खेलमा दिल्लीलाइ ९ विकेटले हराउँदै आरसीबीले आफ्नो प्रभावसाली यात्रा जारी राखेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले एतिहासिक रुपमै खराब सुरुवात गरेको थियो। आइपिएल इतिहासमै पावर प्लेमा सर्वाधिक कम स्कोर बनाएको दिल्ली केवल ७५ रनमै अलआउट भएको थियो। दिल्ली एक समय ८ रन जोड्दा ६ विकेट गुमाएको अवस्थामा थियो।
तर अभिषेक पोरलले ३० र डेभिड मिलरले १९ रन बनाएपछि इतिहासकै कम स्कोर बनाउने सम्भावनाबाट भने दिल्ली उम्किन सफल भयो। उसका लागि थप दोहोरो स्कोरका रुपमा क्याली जेमिसनले १२ रन बनाएका थिए।
दिल्लीलाई सस्तैमा समेट्ने क्रममा जोस ह्याजलवुड ४ विकेट गुमाएर आउट हुँदा भुवनेश्वर कुमारले ३ विकेट लिए। त्यस्तै रसिक सलाम युयश शर्मा र कुर्नाल पाण्ड्याले समान १(१ विकेट लिएका थिए।
७६ रनको लक्ष्य पछ्याएको वेंगलोरुले ६।३ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो। उसका लागि ज्याकब बेथहिलले २० रन बनाएँदा विराट कोहली २३ रनमा अविजित रहे। त्यस्तै देवदत पाडिकल ३४ रनमा नटआउट रहे। कोहलीले आजको खेलबाट ९ हजार आइपिएल रन पुरा गरेका छन्। आइपिएलमा यो उपलब्धि हासिल गर्ने उनी पहिलो ब्याटर हुन्।