काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ३ हजार रुपैयाँले घटेर २ लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोलामा दुई लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ३० रुपैयाँले घटेर चार हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो सोमबार चाँदी तोलामा चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।