काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१६ बैशाख २०८३
अ+
अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी नभएको बताएका छन्।

बालेन शाह नेतृत्वको सरकारले ल्याएको अध्यादेशको चौतर्फ विरोध भएको समयमा कार्कीको यो धारणा आएको हो।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘सरकारले ल्याएको अध्यादेशको बारेमा मेरो धारणा माग्दै र मौनतामा मलाई नै प्रश्न गर्दै मेन्सन, म्यासेज गर्ने सबै साथीहरूप्रति मलाई गौरव छ। विधिको प्रश्न र जबाफदेहिताको अपेक्षाले मित्रताको मिठासलाई बेस्वादिलो बनाउँदैन भन्ने बुझेका सबैप्रति सम्मान र प्रेम छ। रह्यो अध्यादेश सिफारिस भएको भन्ने कुरा, झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरूनै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन। ‘

बालेन शाह नेतृत्वको सरकारले ल्याएको अध्यादेशको चौतर्फ विरोध भएको समयमा कार्कीको यो धारणा आएको हो ।