काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१६ बैशाख २०८३
तस्बिर:क्यान
अ+
अ-

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत अहिले जारी हुने खेलमा ओमानले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

त्रिवि क्रिकेट मैदानमा ओमानका कप्तान जतिन्दर सिंहले घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

नेपालले यूएईसँगको पहिलो खेलबाट एक परिवर्तन गरेको छ । ललित राजवंशीको स्थानमा गुल्शन झा टोलीमा आएका छन्।

पहिलो खेलमा नेपालले युएईलाई हराउँदा दोस्रो खेलमा युएईले ओमनलाई हराएको थियो ।

नेपालले एक परिवर्तन गरेको छ । ललित राजवंशीको स्थानमा गुल्शन झा खेल्ने छन् ।

युएईविरुद्ध नेपालको प्लेइङ–११

युएईविरुद्ध नेपालको प्लेइङ–११: रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, सन्दीप लामिछाने, गुल्सन झा र करण केसी ।