काठमाडौँ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृंखलाको बुधबार जारी खेलमा नेपालले ओमानबाट जितका लागि ३ सय ६ रनको लक्ष्य पाएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ओपनर तथा कप्तान जतिन्द्र सिंहको १ सय ३० रनको शानदार शतकीय इनिङमा नेपाललाई बलियो लक्ष्य दिएको हो।
टियू मैदान कीर्तिपुरमा जारी खेलमा ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५ रन बनायो। ओमानका लागि जतिन्द्रले ९६ बलमा १५ चौका र ५ छक्काको सहयोगमा १ सय ३० रन बनाउँदा आसिस ओडेडाराले २३ रन बनाए।
त्यस्तै हमाद मिर्जाले ३० रन बनाउँदा आर्यन विश्चले ३५ तथा जितेन रमानान्दीले ४३ रन बनाए। त्यस्तै विनायक शुक्लाले २३ रन बनाउँदा वासिम अली १० रनमा अविजित रहे।
नेपालका लागि सोमपाल कामीले ४ विकेट लिंदा सन्दीप लामिछानेले २ तथा दिपेन्द्र सिंह ऐरीले पनि २ विकेट लिए। नेपाल केही समय पछि जवाफि ब्याटिङका लागि मैदान उत्रिंदै छ।