काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१७ बैशाख २०८३
हर्क साम्पाङ।
अ+
अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको तत्काल राजीनामा माग गरेका छन्। उनले प्रधानमन्त्री शाहले नैतिकताको आधारमा पद छाडेर मार्ग प्रशस्त गर्नु उपयुक्त हुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले सरकारको औचित्यमाथि प्रश्न उठाएका छन्। उनले गरिब नागरिकलाई सडकमा पुर्‍याउने नीतिका कारण सरकारको अस्तित्व नै समाप्त भएको आरोप लगाए।

साम्पाङले लेखेका छन्, “बालेनले तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त बनाइदिनु राम्रो। गरिबलाई सडकमा पुर्‍याउने सरकारको औचित्य सकियो।”

त्यस्तै, उनले राज्य आतंक मच्चाएर सर्वसाधारणलाई बेघर र बासविहीन बनाइएको आरोप पनि लगाए। यस किसिमको कार्यले जनतालाई ठूलो पीडा दिएको भन्दै उनले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने बताएका छन्।

उनले थपे, “राज्य आतंक मच्चाएर जनतालाई बेघर, बासविहीन बनाएर बिजोग बनाएको कारण नैतिकताको आधारमा राजीनामा दिनुपर्छ। मैले सुझाएको कुरा मानेको भए बालेनको यो गति हुने थिएन।”