काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

डोजर त्रास

शंखमूल-बुद्धनगरका बासिन्दा आफ्ना सामान स्वयं सार्दै

१७ बैशाख २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। काठमाडौँका खोलाकिनारमा तोकिएको मापदण्डभित्र पर्ने घर तथा टहरा भएका शंखमूल र बुद्धनगर क्षेत्रका बासिन्दाले सामान आफैँ सार्न थालेका छन्।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले बुधबार जिल्लाका विभिन्न स्थानका खोलाकिनारमा बसोबास गर्ने अव्यवस्थित बस्तीलाई क्षेत्र खाली गर्न सूचना जारी गरेपछि स्थानीय स्वेच्छाले बस्ती छोड्न थालेका हुन्।

हाल शंखमूल र बुद्धनगर क्षेत्रमा दर्जनभन्दा बढी घर खाली गर्ने, सामान सार्ने र अन्य स्थानतर्फ सर्ने क्रम जारी छ। उक्त क्षेत्रमा दर्जनभन्दा बढी तीनतले पक्की घर पनि छन्। केही नयाँ घरहरूसमेत मापदण्डभित्रै निर्माण भइरहेको देखिन्छ।

हेर्नुहोस् थप तस्बिर :