काठमाडौँ। सनराइजर्स हैदरावादले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ।
गएराती सम्पन्न खेलमा सनराइजर्सले मुम्बईलाई ६ विकेटले पराजित गरेको हो। उच्च स्कोरको प्रतिस्पर्धामा मुम्बईले दिएको २४४ रनको विशाल लक्ष्य हैदरावादले ८ बल बाँकी छँदै मात्र ४ विकेट गुमाएर पूरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा सनराइजर्सका लागि ट्राभिस हेडले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ७६ रन जोडे। हेइनरिच क्लासेनले अविजित ६५ रन बनाएका थिए । त्यस्तै अभिषेक शर्माले ४५, सालिल अरोराले अविजित ३० तथा नितिश कुमार रेड्डीले २१ रन बनाए।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २४३ रन बनाएको थियो।
मुम्बईका लागि रयान रिकेलटनले अविजित १२३ रनको शतकीय पारी खेलेका थिए। त्यस्तै विल ज्याकले ४६ र कप्तान हार्दिक पाण्डेयले ३१ रन बनाएका थिए।
मुम्बई इन्डियन्सका रायन रिकेल्टनले अविजित १२३ रन (५५ बल) बनाएर टोलीलाई मजबुत अवस्थामा पुर्याए । यो आईपीएल इतिहासमा मुम्बई इन्डियन्स खेलाडीको सबैभन्दा उच्च व्यक्तिगत स्कोर पनि हो।
उनलाई विल ज्याक्स (४६ रन) र हार्दिक पाण्ड्याले साथ दिएका थिए। तर अन्तिम ओभरहरूमा सनराइजर्स हैदराबादका बलरहरूले राम्रो कमब्याक गर्दै मुम्बई इन्डियन्सलाई थप ठूलो स्कोर बनाउनबाट रोके।
यो जितपछि सनराइजर्स हैदरावादको ९ खेलमा १२ अंक भएको छ र तेस्रो स्थानमा उक्लिएको छ। त्यस्तै मुम्बईको भने यस सिजनमा यो छैटौं हार हो। मुम्बईको ८ खेलमा ४ अंक रहेको छ र हाक नवौं स्थानमा रहेको छ।