काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१७ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ।

नेपाल आयल निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यही शुक्रबारदेखि लागु हुने गरी खाना पकाउने एलपी ग्यासको मूल्य बढेको जानकारी दिएको छ।

प्रतिसिलिन्डर १५० रुपैयाँ बढेको निगमले जनाएको छ।

समायोजनपछि अब खाना पकाउने एलपी ग्यासको मूल्य १४.२ केजीलाई २१६० रुपैयाँ पर्नेछ। त्यस्तै ७.१ केजी (आधा सिलिन्डर) को १०८० पर्नेछ।