काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१७ बैशाख २०८३
अ+
अ-

नेपालगन्ज। बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरुवा क्षेत्रमा अवैध रूपमा भारतबाट ल्याइएका कुखुराका चल्ला बुधबार बरामद गरिएका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेले अन्दाजी रु पाँच लाख १६ हजार ८०० बराबरका पाँच हजार ४४० थान कुखुराका चल्ला बरामद गरिएको जनाएको छ।

बरामद गरिएका चल्लालाई पशु क्वारेनटाइन कार्यालय, नेपालगन्ज पठाइएकामा सबै चल्ला नष्ट गरिएका पशु क्वारेनटाइन कार्यालय प्रमुख डा हरेराम यादवले जानकारी दिए।

कडाइ गर्दागर्दै पनि खुला सीमाको फाइदा उठाएर बाँके र बर्दियाका नाकाबाट कुखुराका चल्ला तथा कुखुराको अवैध आयात भएको उनले बताए। भारतबाट यसरी कुखुराको अवैध आयात गर्नु दण्डनीय भएकाले सतर्क रहन उहाँले सबैलाई आग्रह गरे।