काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१७ बैशाख २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ । रोल्पामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ ।

प्रहरीका अनुसार रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा रुकुम पूर्वबाट जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जिप दुर्घटना भएको हो ।

जिप सडकबाट ८०० मिटर तल भिरमा खसेको हो। प्रहरीले थवाङ गाउँपालिकाको जलजलामा मेला भर्ना जाँदै गरेका यात्रु चढेको जिप दुर्घटना भएको अनुमान गरेको छ ।

वैशाख पूर्णमामा थवाङको जलजलामा मेला लाग्ने गर्छ ।  अहिलेसम्म उद्धारको कार्य जारी रहेको छ । मृतकको सनाखत भने हुन सकेको छैन ।