काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१७ बैशाख २०८३
अ+
अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज आफ्नो समूहको छुट्टै भेला बोलाएका छन् । बागमती प्रदेश स्तरीय भेला बोलाएको कोइराला निकट एक नेताले बताए।

भेलामा बागमती प्रदेश भित्रका बहालवाला र निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारी, जिल्ला सभापति र पूर्व जिल्ला सभापति सांसद र पूर्वसांसद, प्रदेश सभा सदस्यहरू र बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई आमन्त्रण गरिएको छ ।

यसअघि देउवा पक्षले बोलाएका भेलाहरुमा शेखर समूहका नेताहरू उपस्थित भएका थिएनन् ।