काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१७ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिएका छन्।

सरकारले राजनीतिक नियुक्ति लिएकालाई पदमुक्त गर्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यादेश सिफारिस गरेपछि राजनीतिक नियुक्ति लिएका त्रिविका उपकुलपति दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले राजीनामा दिएका हुन्।

सरकारलाई मार्ग प्रशस्त होस् भनेर राजीनामा दिएको उनीहरूको भनाइ छ।

उपकुलपति अर्याल केपी ओली प्रधानमन्त्री भएका बेला नियुक्त भएका थिए। शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला नियुक्त भएका थिए।