झापा। मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उनीकी १३ वर्षीया छोरी यवद्रा घाइते भएका हुन्।
दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको छ।