काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१७ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई) र सीएनआई कोसी प्रदेशको संयुक्त आयोजनामा राष्ट्रियस्तरको महिला नेतृत्व सम्मेलन हुने भएको छ।

कोसी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाको सहकार्यमा यही २१ वैशाखमा विराटनगरमा सम्मेलन हुने भएको हो।

‘दिगो समृद्धितर्फ : कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तन’ मुख्य विषय रहने सम्मेलनमा महिलाको नेतृत्व विकास, क्षमता अभिवृद्धि, स्थानीय कृषि तथा उद्यमशीलता प्रवर्द्धनका विषयमा छलफल हुने सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले जानकारी दिए। सम्मेलनमा सफल महिला उद्यमीका अनुभव आदान-प्रदान गर्ने तथा स्वदेशी उत्पादन प्रदर्शनी गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा पाण्डेले बताए।

सम्मेलनमा महिला उद्यमीका सफलताका कथा प्रस्तुति, डिजिटल नवप्रवर्तनसम्बन्धी छलफल, स्वदेशी वस्तुहरूको प्रदर्शनी तथा उद्यमी, नीति निर्माता र निजी क्षेत्रका प्रतिनिधि एवं विकास साझेदारबीच छलफल हुनेछ। परिसंघका अनुसार सम्मेलनको सबै तयारी पूरा भइसकेको छ।