काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१८ बैशाख २०८३
अ+
अ-

काठमाडौं । सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं महानगरपालिकाले सुकुमवासीहरूको विवरण संकलन कार्यलाई तीव्रता दिएको छ। यसअन्तर्गत शुक्रबार विभिन्न स्थानबाट हटाइएका परिवारहरूलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने तयारी अघि बढाइएको छ।

बल्खु, वंशीघाट, बालाजु र शंखमुल क्षेत्रबाट हटाइएका सुकुमवासीहरूलाई पाँच फरक स्थानमा राख्ने योजना बनाइएको छ। तत्कालका लागि धापाखेलस्थित टेवा कार्यालय, खरिपाटीको विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र बनेपास्थित रेडक्रस भवनमा अस्थायी व्यवस्थापन गरिने जनाइएको छ।

दशरथ रंगशालामा हालसम्म ७२ जना सुकुमवासीले स्वेच्छिक रूपमा पुगेर आफ्नो विवरण दर्ता गराएका छन्। विवरण संकलन कार्यमा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति तथा काठमाडौं महानगर प्रहरीको संयुक्त टोली परिचालित छ।

यद्यपि यो कदमलाई व्यवस्थापनमुखी प्रयासका रूपमा हेरिएको भए पनि सुकुमवासीहरूको दीर्घकालीन पुनर्वासका लागि स्पष्ट योजना अझै सार्वजनिक नभएकाले उनीहरूको भविष्यबारे चासो र बहस जारी रहेको छ।