काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१८ बैशाख २०८३
फाइल फोटो
अ+
अ-

काठमाडौँ। खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। नेपाल आयल निगमले बिहीवार राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

नयाँ दरअनुसार अब खाना पकाउने ग्यासको मूल्य प्रतिवटा सिलिण्डर २ हजार १ सय ६० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० रुपैयाँ तोकिएको छ। यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० रुपैयाँ तथा आधा सिलिण्डरको मूल्य १ हजार ५ रुपैयाँ कायम रहेको थियो।