काठमाडौं। आइसीसी पुरष क्रिकेट विश्वकप लिग २ मा यूएईविरुद्ध नेपालका दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन्।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालका उपकप्तान दीपेन्द्रले यूएईविरुद्ध ५२ बलमा ५० रन पूरा गरेका हुन्। यसक्रममा उनले आठ चौका प्रहार गरेका छन्।
दीपेन्द्रसँगै क्रिजमा रहेका आरिफ शेख पाँच रनमा खेलिरहेका छन्। जारी खेलमा नेपालले ३५.४ ओभरमा चार विकेट गुमाएर १८० रन बनाएको छ।