काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१८ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। लागुऔषध र हातहतियारसहित चारजना पक्राउ परेका छन्।

लागुऔषधको अवैध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले काठमाडौँको बूढानीलकण्ठलगायत विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ परेका व्यक्तिको साथबाट १६ हजार ७५० क्याप्सुल ट्रामाडोल‚ एक थान पेस्तोल र पेस्तोलमा लाग्ने तीन थान म्यागजिन। साथै पेस्तोलको चार राउन्ड गोली र एसएलआरको २ राउन्ड गोली पनि प्रहरीले बरामद गरेको छ।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका ५ का २३ वर्षीय कविर देउला‚ ४२ वर्षीया सविना पोडे र २६ वर्षीय संसार सिटौला छन्। यसैगरी गोदावरी नगरपालिका ११ ललितपुरका २६ वर्षीय सुवास साही पनि छन्।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेका चारैजना प्रतिवादीमाथि थप अनुसन्धान भइरहेको छ।

प्रहरीले उनीहरूको कनेक्सन र लागुऔषध ओसारपसारको सञ्जालबारे सूक्ष्म रूपमा खोजी गरिरहेको जनाएको छ।