काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१८ बैशाख २०८३
राष्ट्रपति रामचन्द्र पौडेल।
अ+
अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण ऐनको संशोधनसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले सिफारिस गरेका ८ अध्यादेशमध्ये उनले तेस्रो अध्यादेश प्रमाणीकरणपछि जारी गरेका हुन्।

यसअघि सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन्।

अन्य अध्यादेश भने अध्ययनकै क्रममा रहेको बताइएको छ । संवैधानिक परिषद्लगायत केही अध्यादेशमा राष्ट्रपति पौडेलले बिहीबार कानुनविद्हरूसँग पनि छलफल गरेका थिए ।

सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी भएको हो । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी भएको राष्ट्रपतिका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।