काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले शिष्टाचार भेट गरेका छन्।
परराष्ट्र मन्त्रालयमा आज (शु्क्रबार) भएको भेटमा उनीहरूबीच नेपाल-अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयको जनाएको छ।
त्यसैगरी त्यस अवसरमा द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड दिँदै छलफल गरिएको थियो।
