काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१९ बैशाख २०८३
अ+
अ-

 काठमाडौं । इरानका सर्वोच्च नेता मोजतबा खामेनेईले इरानी नागरिकलाई आर्थिक सामना गर्न अपिल गरेका छन् ।

उनले लिखित वक्तव्य जारी गर्दै इरानी जनतालाई आर्थिक सामना गर्न अपिल गरेका हुन् ।

वक्तव्यमा मोजतबाले भनेका छन्, ‘इरानले सैन्य टकरावमा विश्वलाई आफ्नो विशेष शक्ति देखाइसकेको छ । अब उसले आर्थिक र सांस्कृतिक मोर्चामा पनि शत्रुहरूलाई हराउनुपर्छ ।’

कामदारहरूको समर्थन गर्नुपर्ने स्थानीय उत्पादनहरूको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन् ।

जतबाले व्यवसायीहरूलाई अपिल गर्दै भनेका छन्, ‘व्यवसायहरूले कठिनाइमा भए पनि आफ्ना कर्मचारीहरूलाई जागिरबाट ननिकाल्नु होला ।’

सर्वोच्च नेता बनेपछि मोजतबा कहिल्यै क्यामेरासामु आएका छैनन् । उनले इरानलाई प्रत्यक्ष सम्बोधन सिन गरेका छैनन् ।

यद्यपि, विभिन्न अवसरहरूमा मोजतबाका लिखित वक्तव्यहरू भने जारी हुने गरेका छन् । ती वक्तव्यहरूलाई इरानी सरकारी सञ्चार माध्यमहरूमा प्रकाशन र प्रशारण हुने गरेको बीबीसीले जनाएको छ ।