काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१९ बैशाख २०८३
अ+
अ-

बाँके। २०८२ भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका बाँके, नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बौझीका इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको सालिक अनावरण गरिएको छ।

सहिदद्वयको सोही वडामा अर्धकदको सालिक स्थापना गरी अनावरण गरिएको हो। त्यस अवसरमा सहिद परिवारको तर्फबाट आयुष थापाका बुवा सुशील थापा र आमा पुनम थापाले माल्यार्पण गरे।

सहिदका परिवारजनसँगै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाललगायत विभिन्न व्यक्तित्वहरूले दीप प्रज्वलन तथा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरे।

नगरप्रमुख बिष्टले भने, ‘सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्ध नेपालको लागि उनीहरूले देखेको सपना पूरा गर्न सके मात्रै सच्चा श्रद्धाञ्जली हुनेछ।’

नगरप्रमुख बिष्टले सहिद सुलभराज श्रेष्ठ र आयुष थापाको नाममा विशालनगर क्षेत्रमा प्रवेशद्वार निर्माण भइरहेको जानकारी दिँदै उनीहरूको स्मृतिलाई सदैव जीवित राखिने बताए। वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले भने, ‘सहिदहरूको बलिदानलाई सम्मान गर्दै उनीहरूले देखाएको बाटोमा अघि बढ्नु हाम्रो कर्तव्य हो।’

नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ। धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्र वाटरपार्कद्वारा यही वैशाख १९ गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो।

प्रतियोगितामा पुरुष डबल्स भेट्रान्स ५० प्लस खुल्ला, पुरुष डबल्स बी लेबल खुल्ला र पुरुष डबल्स सी लेबल बाँके जिल्ला स्तरीय इभेन्टहरू समावेश गरिएका छन्। आयोजक सदस्य इन्द्र रानाका अनुसार टिम दर्ता प्रक्रिया जारी रहेको छ।