काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१९ बैशाख २०८३
अ+
अ-

काठमाडौ । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाको रक्षा विभागले युद्धको लागतबारे झुट बोलिरहेको आरोप लगाएका छन्।

अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले इरानसँगको युद्धमा अमेरिकी डलर २५ अर्ब खर्च भएको बताएका छन्।

यसमा टिप्पणी गर्दै इरानका विदेशमन्त्री अराघचीले एक्समा लखेका छन्, ‘पेन्टागनले झुट बोलिरहेको छ। नेतन्याहुको जुवाले अहिलेसम्म प्रत्यक्ष रूपमा अमेरिकी डलर १०० अर्ब खर्च भएको छ। यो दाबी गरिएको रकमको चार गुणा हो।’

अराघचीले थप भनेका छन्, ‘अमेरिकी करदाताहरूको अप्रत्यक्ष लागत धेरै बढी छ। सबै अमेरिकी परिवारले प्रतिमहिना ५०० डलर खर्च गरिरहेका छन् र यो द्रुत गतिमा बढिरहेको छ।

साथै इरानका विदेशमन्त्रीले ‘इजरायल पहिलो’ नीतिको अर्थ ‘अमेरिका अन्तिम’ भएको टिप्पणी पनि गरेका छन्।