काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२० बैशाख २०८३
नेकपाका संयोजक पुष्पकमल दाहाल।
अ+
अ-

रुकुम पश्चिम। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।

मुसिकोट नगरपालिका १०‚ खर्सुपानीमा आइतबार आयोजित सहिद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा उनले सबै कम्युनिस्ट एकताबद्ध भएर क्रातिको सपना पूरा गरिने दाबी गरे।

“हामी समाजवादको यात्रामा अगाडि बढ्ने भनेर लागिरहेका छौँ, त्यसका लागि विभिन्न कम्युनिस्ट समूह एकताबद्ध भएर समाजवादको एउटा नयाँ यात्रा सुरु गर्न नेकपा बनाएका छौँ। अब बाँकी रहेका कम्युनिस्टलाई पनि एकताबद्ध गर्छौं‚” संयोजक दाहालले भने।

उनले पछिल्ला उपलब्धिलाई थप व्यवस्थित गर्न शान्ति सम्झौता र संविधानसभा पक्षधर सबै राजनितिक दललाई मिलाएर अगाडि बढाइने बताए।