काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२० बैशाख २०८३
अ+
अ-

फ्लोरिडा। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा इरानले पठाएको नयाँ शान्ति प्रस्तावको समीक्षा गर्ने बताएका छन्, तर त्यसलाई स्वीकार गरिने सम्भावना कमजोर रहेको सङ्केत पनि गरेका छन्।

उनले इरानले विगतका वर्षहरूमा गरेको गतिविधिका कारण विश्व र मानवतामाथि गम्भीर असर परेको भन्दै हालको प्रस्तावप्रति आशावादी हुन नसकिने धारणा राखे।

पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले इरानमाथि भविष्यमा पुनः सैन्य कारबाही हुन सक्ने सम्भावनालाई पनि स्वीकार गरेका छन्। उनले भने, “यदि उनीहरूले गलत व्यवहार गरे वा कुनै समस्या सिर्जना गरे भने त्यस्तो कदम उठ्न सक्छ, तर अहिले हामी परिस्थितिको मूल्याङ्कन गर्दैछौँ।”

यसैबीच, इरानले मध्यस्थकर्तामार्फत पठाएको १४ बुँदे शान्ति प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गर्ने तथा महत्वपूर्ण हर्मुज जलमार्गका लागि नयाँ व्यवस्थापन ढाँचा तयार गर्ने प्रस्ताव समावेश गरिएको छ।

इरानी सैन्य नेतृत्वका एक वरिष्ठ अधिकारीले अमेरिका र इरानबीच पुनः द्वन्द्व हुने सम्भावना उच्च रहेको बताएका छन्। उनले अमेरिकाले विगतका कुनै पनि सम्झौता पूर्ण रूपमा पालना नगरेको आरोप पनि लगाएका छन्।