काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२० बैशाख २०८३
फाइल फोटो
अ+
अ-

मकवानपुर। हेटौँडा-काठमाडौं जोड्ने कान्ति लोकपथअन्तर्गत भीमफेदी गाउँपालिका-८, भरेङडाँडामा आइतबार बिहान खसेको पहिरो हटाएर यातायात सञ्चालन गरिएको छ। आइतबार दिउँसोदेखि दुईतर्फी यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता एवं डीएसपी पुस्कर बोगटीले मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम महेन्द्र राजमार्ग र भीमफेदी-कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सडकमा हाल दैनिक सबै प्रकारका यातायात सेवा सञ्चालन भइरहेको बताए।

यस्तै, हेटौँडाबाट वीरगन्ज, चितवनको नारायणगढ र भीमफेदीबाट हेटौँडातर्फ पनि यातायात सेवा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।