काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२० बैशाख २०८३
तस्बिर : विक्रम राई
अ+
अ-

काठमाडौँ। विद्यालय क्षेत्रको सुधारमा प्रभावकारी समन्वय तथा विद्यार्थी भर्ना र शुल्क विवादबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय सरकार एवं सरोकारवालासँग छलफल गर्ने भएको छ।

मन्त्रालयका अनुसार सोमबार मन्त्रालयमा काठमाडौं उपत्यकाका महानगरपालिका प्रमुखलगायतसँग छलफल गर्न लागिएको हो । विद्यार्थी भर्ना र मापदण्डविपरीत शुल्कबारे अन्योल, वार्षिक शैक्षिक क्यालेन्डर र आगामी रणनीति बनाउन छलफल आयोजना गरिएको मन्त्रालयले जनाएको छ।

शिक्षामन्त्री सस्मित पोखरेल सहभागी हुने छलफलमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता ढंगोल, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन, नेपाल नगरपालिका संघका र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष तथा गृह मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन्।

संघीय सरकारले विद्यालयहरूलाई १५ वैशाखबाट विद्यालय भर्ना थाल्न र २१ वैशाख गतेबाट पठनपाठन सुरु गराउन निर्देशन दिएको थियो। तर, काठमाडौं उपत्यकाका स्थानीय तहहरूले ११ वैशाख गतेदेखि भर्ना अभियान सुरु गर्न र १५ वैशाखदेखि नियमित पठनपाठन सञ्चालन गराउन निर्देशन दिएका थिए।