काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२० बैशाख २०८३
अ+
अ-

काठमाडौँ। दलित समुदायका सदस्यले देशका विभिन्न स्थानमा दलितमाथि भएका जातीय विभेदका घटनाको विरोधमा स्थानीय माइतीघरमा प्रदर्शन गरेका छन्।

संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजले संयुक्त रुपमा भएको प्रदर्शनका सहभागीले सिन्धुली, रोल्पा र पोखरामा हालै भएका विभेदका घटनाका दोषीमाथि कारबाही हुनुपर्ने माग गरिएका ‘प्लेकार्ड’ बोकेका थिए।

संघर्ष समितिका संयोजक दलजित श्रीपालीले यही ३ वैशाखमा ललितपुरको सातदोवाटोबाट पक्राउ परेका कृष्ण विकको खु्र्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा भएको मृत्युको छानबिन हुनुपर्नेमा जोड दिए।