काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका छन्।
राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्तिमार्फत अध्यादेश प्रमाणीकरण भएको जानकारी दिएको हो।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार अध्यादेश तत्काल कार्यान्वयनमा आउने गरी जारी गरिएको हो। मन्त्रिपरिषद्ले विभिन्न कानुनमा समसामयिक परिमार्जन गर्न आवश्यक देखिएकाले उक्त अध्यादेश सिफारिस गरेको थियो।
